काठमाडौं – नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन् । नेता कोइरालाले आज विराटनगरमा आयोजना भएको कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलन बहिस्कार गरेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति हुने भएपछि नेता कोइरालाले गृहनगर विराटनगरमा आयोजना भएको उक्त सम्मेलन बहिस्कार गरेको बताइएको छ । नेता कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनी आज चितवन जाँदैछन् ।
आफ्नै गृहनगरमा हुन लागेको प्रदेश सम्मेलनमा कोइरालाले अनुपस्थित रहने मुख्य कारण उनले आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरेका छन् । उनी निकट नेताहरुका अनुसार कोइरालाले प्रदेश भेलामा आफूलाई शेरबहादुर देउवापछिको आसन र समय दिनुपर्ने माग गरेका थिए ।
शेखर कोइराला निकट कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सम्मेलनबारे कोइरालासँग छलफल र सरसल्लाह नगरेको र निमन्त्रणसमेत ढिलागरी दिएकाले कोइराला नआउने बताए ।
शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पारिरहेका छन् । यहीबेला विराटनगरमै हुने प्रदेश सम्मेलन उनले बहिष्कार गर्ने भएका हुन् । कोइराला पक्षले सभापतिका निकटम प्रतिस्पर्धीलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरिरहेको छ । देउवाले यो मागप्रति चासो देखाएका छैनन् ।
कोशी प्रदेशका सभापति उद्धव थापाका अनुसार आज हुने प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend