Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानका राजा वाङचुक स्वदेश फिर्ता


    शुक्रबार, मंसिर २१ २०८१
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् ।

    आज बिहान काठमाडौँ आएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् ।

    उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार