Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान


    शुक्रबार, मंसिर २१ २०८१
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरि बोलाइएको हो ।

    बैठकमा गण्डकीमा मृत्यु भएको सांसदका ठाउँमा अर्को समानुपातिक व्यक्तिबारे, उपनिर्वाचन समीक्षा, समसामयिक विषय लगायत छलफलका एजेण्डामा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्नुपर्ने व्यवस्था छ । तर, विधान अनुसार कार्यसम्पादन समितिको नियमित बैठक भने बस्न सकेको छैन । ४६ सदस्यीय कार्यसम्पादन समितिमा ३६ जनालाई सभापतिले मनोनीत गरेका छन् ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार