Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


    शुक्रबार, मंसिर २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा – निर्माणाधीन तराई-काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बकैया गाउँपालिका- ५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

    हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    कार्यालयका अनुसार दुर्घटनामा टिपर चालक सानु लोको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार