Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेलाई भेट्न कास्की पुगे पूर्वप्रधानमन्त्री भट्टराई


    शुक्रबार, मंसिर २१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।

    सहकारी ठगी आरोपमा प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई भेट्न आज डा भट्टराईं कास्की जिल्ला प्रहरी कार्यालय पुगेको रास्वपा नेता दीपक बोहराले जानकारी दिए । लामिछानेमाथि सङ्गठित अपराध मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की ल्याइएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार