काठमाडौँ – भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौँ आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौँ आउन लागेका हुन् ।
भारत भ्रमणमा रहेका उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने बताइएको छ ।
प्रहरी स्रोतका अनुसार बिहान ९:५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।
दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend