Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चारदिने चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री


    बिहिबार, मंसिर २० २०८१
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । मंसिरमंसिर १७ गते चीनको बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् ।

    बेइजिङबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो ।

    बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो ।

    उनका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, उनका सल्लाहकारहरू विष्णु रिमाल र डा युवराज खतिवडा लगायत सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार