Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक


    बिहिबार, मंसिर २० २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले बैठक यहि मंसिर २६ र २७ गते बस्ने गरी बैठक बोलाएको हो । उपमहासचिव राजकुमार भट्टराईले दुई दिन बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।

    बैठकमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्य विभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । असारमा महाधिवेशन गरेको नेकपा एसले अझै नेताहरूको कार्य विभाजन टुंग्याउन सकेको छैन ।

    विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्नको लागि अध्यक्ष माधव नेपालको नेतृत्वमा कार्यदल नै बनाएर काम गरिरहे पनि सहमति जुट्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार