Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रेमबहादुरले लगाए उपरथीको फुली


    बुधबार, मंसिर १९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाली सेनाको उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा दर्ज्याही चिह्न प्रदान गरेका हुन् ।

    शान्ति कार्य निर्देशनालयमा कार्यरत सहायक रथी पुनलाई मंसिर १६ गते बसेको मन्त्रिपरिषद बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उपरथी बाबुराम श्रेष्ठ कात्तिक १ गते अवकास भएपछि रिक्त स्थानमा पुनलाई बढुवा गरिएको हो ।

    यसअघि २०७७ असारमा पुन सहायक रथीमा बढुवा भएका थिए । नेपाल सेनामा अर्को पनि उपरथी पद रिक्त छ । प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा पनि बढुवाको तयारी गरिएको छ । उक्त स्थानमा सहायक रथी नहकुल रायमाझीलाई बढुवा गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार