Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीलाई ३ विकेटले पराजित गर्दै काठमाडौंको रोमाञ्चक जित


    बुधबार, मंसिर १९ २०८१
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गर्‍यो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल खेल्न बाँकी छदा पूरा गरेको हो ।

    काठमाडौंले टस जितेर ब्याटिङको निम्तो दिएपछि पहिले ब्याटिङ गरेको कर्णालीले ओपनिङ ब्याटर शिखर धवनको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १४९ रन जोड्यो।

    भारतीय ब्याटर धवनले नटआउट ७२ रन जोडे। अन्तिमसम्म ब्याटिङमा टिकेका उनले ५१ बल खेलेर ४ चौका र ५ छक्का प्रहार गरे। सुस्त सुरुवात गरेका धवनले १८औं ओभरमा अर्धशतक पूरा गरेका थिए। अघिल्लो खेलमा १४ रनमा आउट भएका धनवले बुधबार भने सुरुदेखि नै सम्हालिएर ब्याटिङ गरेका थिए।

    नटआउट रहेका जीशन मक्सुदले ११ बलमा १४ रन जोडे। मक्सुद र धनवबीच ६५ रनको साझेदारी हुँदा कर्णालीको स्कोर बढेको थियो।

    टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।

    चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो।

    बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।

    काठमाडौं र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए। कर्णालीलाई जनकपुर र काठमाडौंलाई चितवनले पराजित गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार