काठमाडौँ -नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष मनोज शर्मा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार बिहान उनलाई खादा लगाएर पार्टी प्रवेश गराएका हुन ।
शर्मालाई स्वागत गर्दै अध्यक्ष ‘प्रचण्ड’ले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरूसँग एकता प्रक्रिया सुरु भएको बताए । व्यक्तिगतरुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उनले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
प्रवेश गरेका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाउँमा छरिएकाहरू सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुर्याउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताए । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसकेका छन् ।
प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend