चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनमा आज पनि बयान चलिरहेको छ । सहारा चितवन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारदेखि बयान सुरू भएको थियो । मंगलबार बयान नसकिएपछि बुधबार पनि लामिछानेसँग बयान लिइन लागिएको हो ।
लामिछानेलाई वयानका लागि मंगलबार बिहान काठमाडौंबाट चितवन ल्याइएको थियो । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो । कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौंमा पनि बयान लिइएको थियो ।
सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको अभियोगमा लामिछानेविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको थियो । त्यही अनुसन्धानका लागि उनलाई चितवन ल्याइएको हो । गत कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
पोखराको सुर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ । सोही प्रकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend