रौतहट – बिश्व प्रसिध्द बारा बरियारपुर स्थित लाग्ने पंचवर्षीय गढीमाई मेलाकै तिथि मितिमा रौतहटको छुट्टाछुट्टै ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ। सैयौं बर्षदेखि बारा बरियारपुर स्थित गढीमाई मन्दिरमा मात्र लाग्दै आएको पंचवर्षीय मेला २०७४ को स्थानीय निकायको निर्वाचन पछी बिस्तार भएको हो।
स्थानिय निकायको प्रमुखको पहलमा पालिका बाट लगानी गर्न थालेपछि अहिले रौतहटको ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ । कटहरिया नगरपालिकाको २ स्थान, गुजराको १ स्थान, माधव नारायणको १ र गढीमाई नगरपालिकाको ३ गरी यस पटक जिल्लाको ७ स्थानमा गढीमाई मेलाको आयोजना गरिएको छ।
कटहरियाका मेयर अजय प्रकाश जैसवालको पहलमा वडा ६ दुधियाभार, वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा बलरामपुर स्थित गढीमाई मन्दिरमा गत १७ गते आइतबार देखी मेला लागेको छ। त्यस्तै मेयर सन्तलाल चौधरी र मेयर प्रत्यासी पलट चौधरीको पहलमा गुजरा नगरपालिका कनकपुर स्थित गढीमाई मन्दिरमा गत आईतवार देखी मेलाको आयोजना गरिएको छ।
मेयर श्याम प्रसाद यादवको पहलमा गढीमाई नगरपालिकाको तीन स्थानमा रहेको गढिमाई मन्दिरमा मेला लागेको छ । बलुवा, सुन्दरपुर, मदनपुर हरैया स्थित गढीमाईको मन्दिरमा धुमधामका साथ मेला लागेको छ । त्यसैगरी मेयर बैजु प्रसाद यादवको पहलमा माधव नारायण नगरपालिकाको माधोपुर स्थित गढीमाईको मन्दिर अगाडी मेला लागेको छ । गुजरा ४ स्थित गढीमाई मन्दिरमा यस वर्षको वार्षिक मेला १७ मंसिरदेखि सुरु भएको छ । मेला २५ मंसिरसम्म सञ्चालन हुने र मेलामा धार्मिक अनुष्ठानसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको मेला समितिका अध्यक्ष पलट चौधरीले बताएका छन् ।
करिब १७ वर्षअघि गुजरा ४ स्थीत चौरमा इट्टाभट्टा सञ्चालन गरेका गगनदेव साहको कारोबारमा आएको समस्या देवीको पूजा पाठ पछि समाधान हुँदा उक्त स्थानमा गढीमाई मन्दिरको स्थापना गरिएको थियो । गगनदेवले इँटा पकाउने क्रममा बारम्बार समस्या आउन थालेपछि स्थानीय धामी देवीलाल चौधरीको सल्लाह अनुसार बिश्व प्रसिध्द बारा गढीमाई मन्दिरका मूल तान्त्रिक दुखन धामीलाई भेटेका थिए ।
मूल तान्त्रिक धामीको सुझाव अनुसार उक्त स्थानमा गढीमाईको बहिनीको बासस्थान रहेको भन्दै सानो मन्दिर निर्माण गरिएको थियो । मन्दिर निर्माणपछि स्थानीय समन्वय र प्रदेश सरकारको लगानीमा गढीमाई मन्दिरलाई विस्तार गरिएको थियो।
जनता समाजवादी पार्टीका तत्कालीन केन्द्रीय उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्व आईजीपी प्रदीप शमशेर जबराले शिलान्यास गरेको बिस्तारित गढीमाई मन्दिरको निर्माण पछि तत्कालिन प्रदेश भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए । मेला समितिका अध्यक्ष पलट चौधरीका अनुसार मेलामा २० मंसिरमा टिकटक स्टार प्रीति पासवानको प्रस्तुति, २१ र २२ मंसिरमा सांगीतिक नृत्य कार्यक्रम, २३ मंसिरमा राँगा बलि र २४ मंसिरमा खसी बलि हुनेछ । २५ मंसिरमा मेला विधिवत् रूपमा सम्पन्न हुनेछ ।
भक्तजनहरूले आफ्नो भाकल पूरा भएपछि राँगा, बोका, परेवा लगायत बलि चढाउने गर्दछन् । बिश्व प्रसिध्द बारा गढीमाई मन्दिरका मूल तान्त्रिक उमाशंकर धामी नै कनकपुर गढीमाई मन्दिरको मूल तान्त्रिक रहेका छन्। उनले बारा गढीमाई सरह यहाँको गढीमाई मन्दिरमा आफनो शरीरको पाँच स्थानबाट निकालिएको रगत नर बलिको रूपमा चढाएपछि मात्र बलि सुरुहुने समिती अध्यक्ष चौधरीले जानकारी दिएका छन्।
कनकपुर गढीमाई मन्दिरमा हुने विधिवत तान्त्रिक पूजा सरह जिल्लाको सात वटै मन्दिरमा पूजा गरिन्छ। विधिवत पूजा पछी जिल्लाको सातै गढीमाई मन्दिरमा बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा हुने तिथी मैं बली दिइन्छ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend