रौतहट – कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।
मंगलवार एक समारोहका बिच प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन। उदघाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, पार्टी मधेश प्रदेशका सभापति पुर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अबुल कलाम आजाद, गढिमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगर पालिका का मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर कन्थमणि प्रसाद जयसवाल लगाएतको सहभागिता रहेको थियो।
बिश्व प्रसिध्द बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना गरिएको छ। सुन्दरपुर स्थित गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो। मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सुन्दरपुर गढीमाई मन्दिरमा हिजो सोमवार देखि मङसिर २६ गतेसम्म मेला लाग्ने बताएका छन्।
स्थानियहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते बिहिबार भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन्। सुपरस्टार खेसारीलाल सँगै भारतीय भोजपुरी मोडेल माही र मनिषाको पनि सांगीतिक प्रस्तुती हुने जनाइएको छ।
भारतीय कलाकारका साथै नेपालका हिन्दी गीत संगीत प्रस्तुत गर्ने कलाकार, टिकटक स्टारहरु संगै स्थानीय भाषामा प्रस्तुत हुने अलहा रुदलको नाच प्रदर्शन हुने सुन्दरपर गढीमाई मेला समितिका प्रवक्ता वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्। बारा गढीमाई सरह सुन्दरपुर गढीमाई मन्दिरमा मूल तान्त्रिकले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशु बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोका, परेवाको बलि दिइने गरिन्छ।
यस मन्दिरमा पनि बलि सुरुहुनु अघी मुसा, परेवा, बोका, राँगा र खरायो गरी पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा रहेको छ। मेला भर्न आउने भक्तजनको लागि ६० वटा घुम्ती शौचालय र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिएको समितिले जनाएको छ। सयौं स्वयंसेवक संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी मेला तथा आउने भक्तजनको सुरक्षाका लागि परिचालन गरिएको मेला समितिका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
६५ बर्ष अघि स्थानिय धामी झाँक्री जागा ठाकुरले सपनामा गढीमाईको दर्शन गरेपछि माताकै आदेशमा सुन्दरपुरमा सोही समय स्यानो मन्दिर निर्माण गरी पूजा पाठ सुरुगरेका थिए। प्रत्येक पाँच बर्षमा त्यहाँ मेलाको आयोजना हुँदै आएको छ।
स्थानीय निकायको निर्वाचन पछी गढीमाई नगरपालिकाको मेयरपदमा पहिलो पटक श्याम प्रसाद यादव निर्वाचित भएपछी सुन्दरपुर गढीमाईको मन्दिर निर्माण देखी वृहत रुपमा मेलाको आयोजना हुँदै आएको छ। मेयरपदमा श्यामप्रसाद यादव दोस्रो पटक निर्वाचित भएका हुन्। सुन्दरपुर मन्दिरका मुल पुजारी जागा ठाकुरको निधन पछि उनको छोरा रामदेव ठाकुर मुल पुजारी रहेका छन्।
रौतहटको सुन्दरपुर गढीमाई मेलामा अघिल्लो पटक साढे ७ सय राँगाको बली चढेको प्रवक्ता दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। मेलामा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ। दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको सुन्दरपुर गढीमाई मेला समिति रौतहटले जनाएको छ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend