Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा रविको वयान ४ बजेसम्म मात्रै, आज नसकिए भोली लिइने


    मंगलबार, मंसिर १८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बयान चलिरहेको छ । साहरा सहकारीको रकम हिनामिना गरेको अभियोगमा बयानका लागि उनलाई  काठमाडौबाट बुद्ध एयरको जहाजबाट आज बिहान थियो ।

    चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेसँग बयान लिइरहेका छन् । लामिछानेको बयान दिउँसो १२ बजेदेखि सुरु भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आज ४ बजे अर्थात् कार्यालय समयसम्म मात्रै बयान लिइनेछ । आज बयान नसकिए भोलि पनि गरिने जनाइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई साहरा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।

    असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी थिएन । प्रहरीले २४ जना पीडितहरुसँग मंसिर ५ गते लिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको किटानी जाहेरी परेको थियो ।

    सोही जाहेरीका आधारमा लामिछाने विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही क्रममा आज बयानको लागि चितवन ल्याइएको हो । काठमाडौँमा बयानको क्रममा उपस्थित उनलाई पक्राउ गरिएको जिल्ला पोखरा नलगी सिधै चितवन ल्याइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार