Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


    मंगलबार, मंसिर १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ ।

    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज केहीबेर अघि राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

    यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमतिरसमझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    चार दिनको औपचारिक चीन भ्रमणका लागि प्रधानमन्त्री नेतृत्वको टोली सोमबार चीन प्रस्थान गरेको हो ।प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा सरकारी र नीजी गरी ७८ नाम सहभागी छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार