काठमाडौं – नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा ९ वटा समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चार दिनको चीन भ्रमणका लागि सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको बेइजिङबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । ‘नेपाल र चीनविचमा आज ९ वटा समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ, उनले भने ।
द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।
‘द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको छ,’ उनले भने ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
समझदारी र सहमतिमा उल्लेख भएका बुदाँहरूः
-टोखा छहरे सुरुङ मार्गसम्बन्धी समझदारी
-नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी
-नौतले वसन्तपुर दरबार पुननिर्माण सम्बन्न सम्बन्धी प्रमाणपत्र आदान प्रदान
-प्रशोधित बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल
-विकास निर्माणसम्बन्धी समझदारी पत्र
-आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
-नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान
-स्यंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी
-एनटीभी र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend