Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेलाई बयानका लागि चितवन लगियो


    मंगलबार, मंसिर १८ २०८१
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । सभापति लामिछानेलाई आज काठमाडौंबाट बयानका लागि चितवन लगिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई यसअघि शुक्रबार बयानका लागि काठमाडौं ल्याइएको थियो । उनको आइतबार देखि बयान लिइएकोमा तिन दिनमा हिजो बयान सकिएको थियो ।

    उनी विरुद्ध चितवनमा पनि उजुरी परेपछि बयानका लागि आज बुद्ध एयरको जहाजबाट चितवन लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

    काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो । यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार