Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली बेइजिङमा


    सोमबार, मंसिर १७ २०८१
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् ।

    चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेको हिमालय एयरलाइन्सले जनाएको छ ।

    प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरलायन्सको विशेष चार्टर विमानबाट चीन तर्फ उडेका थिए ।
    भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ ।

    सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार