काठमाडौं – स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्।
उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्।
कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। नेकपा एमालेका उम्मेदवारले डंगोललाई पछ्याइरहेका छन्। एमालेका सुरेन्द्र मानन्धरले २७२६ मत ल्याएका छन्।
जारी मतगणनामा कीर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २३१७ मत ल्याएका छन्।
मतगणनामा स्वतन्त्र उम्मेदवारहरू धेरै पछाडि छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत ल्याएका छन्। यस्तै, दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend