काठमाडौं – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो पार्टीकी समानुपातिक सांसद गोमा लाभलाई पदबाट हटाउन पटक(पटक लेखेको पत्रको सभामुख देवराज घिमिरेले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।
जनमतका प्रवक्ता डा। शरद यादवले विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेतबाट हटाइसकेको लाभलाई सभामुखले बचाउन खोजेको आरोप लगाएका हुन् ।
राजनैतिक दलसम्बन्धी ऐन २०७३ ले सभामुख वा संघीय संसद सचिवालयलाई कारबाहीसम्बन्धी दिएको अधिकार दलले निर्णयसहितको सूचना दिएपछि सचिवालयले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने हो वा अधिवेशन चालू नरहेको अवस्थामा सूचना टाँस गर्ने व्यवस्था रहेको उल्लेख छ ।
जनमतले भनेको छ, ‘कारबाहीको प्रक्रिया मिले नमिलेको, आधार गम्भीर रहे नरहेको, कागजात सक्कली रहे नरहेको फोरेन्जिक जाँच’ गर्ने आदि अधिकार संघीय संसद सचिवालयलाई स्पष्ट रूपमा छैन ।’
तर संघीय संसद सचिवालयले अन्य दल तथा निकायको प्रभावमा तथा सभामुखको आफ्नो नातेदार वा समुदायको मान्छे कारबाहीमा पर्न लाग्यो भन्दैमा सो अधिकार क्षेत्र मिच्दै हदभन्दा बाहिर गएर निर्णय गरेको ठहर जनमत पार्टीको रहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend