Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुर- ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी


    सोमबार, मंसिर १७ २०८१
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

    कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन्। नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए।

    २०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यसपालि स्वतन्त्रबाट उनकी श्रीमती खड्का उम्मेदवार बनेकी थिइन्।

    कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् भने कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार