Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिपुरासुन्दरी-५ को वडाध्यक्षमा माओवादीका झाँक्री विजय


    सोमबार, मंसिर १७ २०८१
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र नरबहादुर झाँक्री विजयी भएका छन्।

    उनले १ सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धि नेकपा एमालेका नरबहादुर रोकाले ११७ मत प्राप्त गरेका छन्। यस्तै, काँग्रेस उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत ल्याएका छन् ।

    २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि पद रिक्त थियो।

    स्थानिय तहमा रिक्त रहेका विभिन्न पदका लागि आइतबार मतदान भएको थियो । आज निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार