Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपप्रमुखका मतगणना सुरु


    सोमबार, मंसिर १७ २०८१
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठक पश्चात् सोमबार बिहान पौने १० बजेबाट मतगणना सुरु गरिएको हो ।

    पालिकाका जम्मा १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिए ।

    गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट काँग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचन र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार छन् ।

    वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार