रौतहट – रौतहट स्थित ३ वडा अध्यक्ष पदको लागी आईतवार भएको उप निर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उमेदवार बिजयी भएका छन्। नेपाली कांग्रेस मधेश प्रदेशका सभापती पूर्व मन्त्री कृष्ण प्रसाद यादवको गृह वडा गढीमाई नगरपालिका – ८ मा समाजबादी उमेदवार बिजयी भएका हुन्।
अध्यक्षमा नेकपा एकिकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन्। प्रदेश सभापती यादवका आफन्त एवं वडा अध्यक्षका उम्मेदवार सुवोध कुमार यादव मत परिणाम अनुसार तेस्रो स्थानमा पुगेका छन्।
सोमवार बिहान ४ बजे निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले कुल ६ सय ५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादव कुल ६ सय ३१ मत प्राप्त गरेकी छन्। त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले कुल ६ सय १७ मत पाएका छन्।
निर्वाचनमा मतगणनाको सुरु देखि नै नेकपा एमाले अग्रता कायम राखेका थिए तर अन्त्यमा एक्कासी नेकपा एकीकृत समाजवादीले जीत हात पारेका छन्। त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले जम्मा २ सय ५८ मतमै चित बुझाएका छन्।
जनमत पार्टीले जम्मा ८ मत मात्र प्राप्त गरेका छन्। निर्वाचनमा कुल मतदाता संख्या २ हजार ७ सय ५१ रहेकोमा जम्मा २ हजार २ सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी दिएका छन।
ईशनाथ नगरपालिका ७ मा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन्।
यसै गरी राजपुर नगरपालिका ६ मा नेपाली काँग्रेसका समसे आलमले ७४४ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend