Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने


    आइतबार, मंसिर १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आजै (आइतबार) राति अबेरबाट सुरु हुने भएको छ । आज बिहान ७ बजेदेखि जारी मतदान कार्यक्रम सम्पन्न भएसँगै मतपत्रका बाकस संकलन गरिने र लगत्तै मत गणना सुरु गरिने जनाइएको छ ।

    नगर प्रमुख र २ वडा अध्यक्षका लागि २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको उनले बताए ।

    हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार