काठमाडौं – पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि नसकिएको प्रहरीले जनाएको छ । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई शुक्रबार बयानका लागि काठमाडौ ल्याइएको थियो । आइतबारदेखि सरकारी वकिलको कार्यालय काठमाडौमा वयान सुरु गएिकोमा आज सोमबार दोस्रो दिन पनि वयान नसकिएको प्रहरीले जनाएको छ ।
कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई काठमाडौं पठाएको थिए ।
भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन ।
‘आज नसकिने नै भयो, भोलिचाहिँ छिट्टै सिध्याएर पठाउँछौं’, काठमाडौं सरकारी वकिल कार्यालय प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले भने । सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको श्रेष्ठले बताए । स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदैछ ।
भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अपराह्न ४ बजेभित्र बयान सकिने जनाएको छ ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend