Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाईते


    आइतबार, मंसिर १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट – बाघको आक्रमणबाट रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्ष रामजीत चौधरी घाइते भएका छन्।

    शनिबार बिहान बाघको आक्रमणमा परी घाईते भएका वडा चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भईरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्।

    भेटको क्रममा अध्यक्ष प्रभु साहले घाईते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए। शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा गहिरो चोट लागेको छ।

    सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासी बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साईनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथी बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।

    ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाईते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भईरहेको बताएका छन्।

    बाघको आक्रमण बाट गम्भीर घाईते भएका वडाअध्यक्षलाई आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले भेट गरेका छन् । भेटको क्रममा अध्यक्ष साहले घाईते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार