Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कीर्तिपुरमा मेयर र २ वडाध्यक्ष छान्न २० स्थानमा उत्साहपूर्वक मतदान जारी


    आइतबार, मंसिर १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – कीर्तिपुर नगरपालिकाका नगरप्रमुख र दुई वडाध्यक्षका लागि २० स्थानमा उत्साहपूर्वक मतदान जारी छ ।

    मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

    स्थानिय तहको उपनिर्वाचनका लागि आज (आइतबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

    जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४३ पदका लागि निर्वाचन हुदैछ । यसअघि नै तीन जना उम्मेद्वर भने निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन हुदैँछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार