Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने


    शनिबार, मंसिर १५ २०८१
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं, १५ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश,  गण्डकी प्रदेश  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राती भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
    कोशी प्रदेश,  गण्डकी प्रदेश  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक रआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार