Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पराष्ट्रमन्त्री राना र चीनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता


    शुक्रबार, मंसिर १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेकी छिन् ।

    शुक्रबार चीनको शहर छेङ्दुमा उनीहरूबीच भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

    विदेशमन्त्री वाङको निम्तोमा हिजो बिहिबार छेङ्दु पुगेकी राणाले दुइपक्षीय प्रतिनिधिमन्डलसहित भेटवार्तामा सहभागी रहिन् । त्यस क्रममा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारी पनि सामेल रहे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी त्यसतर्फ गएकी हुन् । परराष्ट्रमन्त्री राणा भोलि (शनिबार) स्वदेश फर्कने कार्यक्रम छ । उनी आगामी सोमबार प्रधानमन्त्री ओलीसँग पुनः चीन जानेछिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार