Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु


    शुक्रबार, मंसिर १४ २०८१
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काडमाडौं – रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।

    गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।

    दुर्घटनामा गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधि पनि परेको प्रारम्भिक जानकारीमा आएको मगरले बताए ।

    गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको सूचना अधिकारी मगरले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार