Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविको रिहाइको माग गर्दै माइतिघरमा प्रदर्शन


    शुक्रबार, मंसिर १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

    रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन्।

    कास्की प्रहरीको हिरासतमा रहेका रविलाई हिजो बिहिबार काठमाडौं ल्याएको छ । उनी माथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौं ल्याइएको थियो ।

    काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । यता उनको समर्थक र कार्यकर्ताहरुले भने माइतीघरको उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार