Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौँडामा अटोले ठक्कर दिँदा ६८ वर्षीय वृद्धको मृत्यु


    शुक्रबार, मंसिर १४ २०८१
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – हेटौँडामा आज बिहान अटोले ठक्कर दिँदा एक जना वृद्ध पैदलयात्रीको ज्यान गएको छ।

    हेटौडा उपमहानगरपालिका-६, चौघडाबजारस्थित कान्तिलोकपथ सडक खण्डमा हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले ठक्कर दिँदा हेटौँडा-६, शान्तिटोल निवासी ६८ वर्षीय जनक राईको मृत्यु भएको हो।

    दुर्घटनामा राईको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो।

    तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने अटो चालकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको प्रवक्ता अर्यालले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार