Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइदै, समर्थकलाई रोक्न विमानस्थलमा कडा सुरक्षा तैनाथी


    बिहिबार, मंसिर १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइदैछ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो । उनी विमानको लास्ट सीटमा बसेका छन् ।

    प्रहरीले रविका समर्थकहरुलाई विमानस्थलको बाहिरी गेटमा रोकिएका छन् । रविलाई ल्याउने सूचनापछि रविका समर्थकहरु विमानस्थलमा भेला भइरहेका छन् । प्रहरीले रविलाई निकाल्दा सँगसँगै जुलुस लिएर जाने तयारी छ । तर, प्रहरीले रविलाई डोमेस्टिक भित्रैबाट प्रहरीको गाडीले निकाल्ने बुझिएको छ ।

    काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ ।

    रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार