Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै


    बिहिबार, मंसिर १३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ ।

    लामिछानेलाई आज साँझ बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी रहेको बताइएको छ । सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

    काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जि जारी गरिसकेको छ ।

    रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार