Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचन- कीर्तिपुरसहित उम्मेदवार नभएको सबै ठाउँमा तठस्थ बस्ने रास्वपाको निर्णय


    बिहिबार, मंसिर १३ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनमा आफ्नो उम्मेदवार नभएको ठाउँमा कसैलाई समर्थन नगर्ने भएका छन् । कीर्तिपुर नगरपालिकाको मेयरको चुनावमा उम्मेदवारी नदिएको रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएपनि अब तठस्थ बस्ने भएका हुन्

    रास्वपाका उपचुनाव कमाण्डर गणेश पराजुलीले कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ आइपरेको बताए । रास्वपाले अब आफूले उम्मेदवारी नदिएका स्थानमा पार्टीका समर्थकलाई स्वविवेकमा निर्णय लिन छोडिदिएको उनको भनाइ छ ।

    उनले भने, ‘कीर्तिपुरसहित हामीले कुनै पनि ठाउँमा अन्य उम्मेदवारलाई समर्थन गर्न सक्ने अवस्था भएन । अन्य दलका उम्मेदवारलाई नसघाउने पार्टीको नीति र स्वतन्त्र उम्मेदवार कसलाई छान्ने भन्नेमा अन्योलताले गर्दा तटस्थ बस्दा नै उचित हुने सिफारिस स्थानीय कमिटीहरुबाट प्राप्त भएको छ । सायद त्यही नै हुन्छ होला ।’

    कीर्तिपुरमा एकजना स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न रास्वपाले निकै कसरत गरेको थियो । पराजुलीका अनुसार सबै स्वतन्त्र उम्मेदवारहरुलाई एक ठाउँमा ल्याएर एकजना मात्रै उठाउने पहल गरिए पनि त्यो सफल भएन ।

    रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । यो उपनिर्वाचनलाई आफूहरुले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने पराजुली बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार