Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिन आयोगको निर्देशन


    बिहिबार, मंसिर १३ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

    आयोगको आज (बिहीबार) बसेको बैठकपछि जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सबै सरोकारवालाहरूलाई स्मरण गर्दै चुनाव हुने स्थानीय तहमा शंकास्पद व्यक्तिको प्रवेश निषेध र उनीहरूका गतिविधिमा उच्च निगरानी गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।

    आयोग प्रवक्ता नीता पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी सुरक्षाकर्मीहरूबाट सबै उम्मेदवार र राजनीतिक दलहरूप्रति समान व्यवहार गर्न निर्देशन दिइएको उल्लेख छ ।

    मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मौन अवधिमा कुनैपनि प्रकारको चुनावी प्रचार प्रसार गर्न पाइने छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार