काठमाडौं – कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको पयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले गाडी नियन्त्रणमा लिएका छन्।
शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरु चढेको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
अहिले उक्त गाडी इलाका प्रहरी कार्यालय पकडीमा राखिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। लुम्बिनी प्रदेशसको विषेशाधिकार समिति सभापति रहेका न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायतका नेता कार्यकर्ताहरु प्रचारमा गइरहेका थिए।
आज उपनिर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन दलहरुले प्रचारप्रसार व्यापक बनाएका छन्। आजराति १२ बजेबाट मौन अवधि सुरु हुनेछ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend