Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पल्टिएको कन्टेनर सारिएपछि २ घण्टामा खुल्यो पूर्वपश्चिम राजमार्ग


    बिहिबार, मंसिर १३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज बिहान कन्टेनर सडकै ढाकेर पल्टिँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २ घण्टापछि खुलेको छ ।

    वीरगन्जबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश०३–००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहान १०ः ३० बजेतिर अनियन्त्रित भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईनजिक सडकमा पल्टिँदा राजमार्ग बन्द भएको थियो ।

    क्रेनको सहायताले उक्त कन्टेनर साइड लगाएर दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

    दुर्घटनापछि २ घण्टाजति राजमार्ग बन्द हुँदा सयौँ गाडीको लाम लागेको थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार