Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार गर्ने दुई जना पक्राउ


    बिहिबार, मंसिर १३ २०८१
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो।

    बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१(००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो।

    इलाका प्रहरी बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी गर्दा ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।

    एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको र चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार