Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने


    बुधबार, मंसिर १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । मंसिर १७ गते प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन जाँदैछन् ।

    उक्त भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुने बुझिएको छ । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।

    परराष्ट्र स्रोतका अनुसार परराष्ट्र मन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ । १५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार