Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ ९ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


    बुधबार, मंसिर १२ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ‍‌ – नेपाली बजारमा पहेलो धातु सुनको भाउ आव बुधबार भने बढेको छ । सरकारले सुन आयातमा लाग्ने भन्सारमा छुट दिएपछि एकैदिन १५ हजार ९ सयले घटेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेको हो ।

    आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    हिजो प्रतितोला चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार