Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट अस्पताल फर्काइयो


    मंगलबार, मंसिर ११ २०८१
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।

    साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

    उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा सीआईबीले प्रसाईंलाई गत मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार