Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष ओलीलाई गालीगलौज गरेको भन्दै एमालेका प्रदेश सांसद कारर्बाहीमा


    मंगलबार, मंसिर ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेले पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै एमालेका एक प्रदेश सांसदलाई कारबाही गरेको छ । बाँके १(ख) बाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यताबाट निलम्बन गरेको हो ।

    उनीमाथि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानी हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप लगाइएको छ । पार्टीको मूल्य मान्यताविपरीत सार्वजनिक रुपमा गालीगलौज गरेको, पार्टीविरुद्ध समाचार लेख्न लगाएकोजस्ता आरोप पनि लगाइएको छ । चौधरीलाई अनुशासनको कारबाही गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार