काठमाडौँ – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधार ३ बमोजिम प्रदेश प्रमुख मियाँलाई आयोगको वार्षिक प्रतिवेदन पेश गरेको जनाएका थिए ।
त्यस क्रममा उनले राजश्व बाँडफाँडको आधार र ढाँचा, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, आन्तरिक ऋण, सवारी साधन कर, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी लगायतका विषयमा प्रदेश प्रमुखसमक्ष संक्षिप्त विवरण पेश गरेका थिए ।
अध्यक्ष पौडेलले प्रतिवेदनमा ९ बुँदे सुझावहरू रहेको भन्दै ती सुझाव कार्यान्वयन गराउनु पर्ने बताएका थिए । आयोगको प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा समयमा बजेट पारित नभएको विषय पनि समेटिएको छ । स्थानीय तहहरूले वित्तीय समानीकरण अनुदानबाट प्रशासकीय खर्च गरिरहेको, अनुदानको प्राप्ति र त्यसको प्रयोगका विषयमा स्पष्ट नपारेको, एकमुष्ट शसर्स अनुदान हस्तान्तरण नगरेको लगायतका विषयमा आयोगले प्रश्न उठाएको छ ।
‘प्रतिदेनमा दिइएका सल्लाहहरू कार्यान्वयन हुने अवस्था आए सुशासनको एउटा जग बस्छ । यी सुझावहरू कार्यान्वयनका लागि माननीय प्रदेश प्रमुखज्यूसमक्ष हामीले प्रतिवेदन पेश गरेका छौँ ’ अध्यक्ष पौडेलले प्रतिवेदन पेश गर्दै भनेका थिए । प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा प्राकृतिक स्रोतबाट राजश्व संकलन निकै न्यून रहेको उल्लेख गरिएको छ ।
आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले प्रतिवेदनमा उल्लेख भएका विषयहरूबारे प्रदेश सभामा पनि छलफल हुने बताएका थिए । अघिल्लो प्रतिवेदनमा भएको छलफलपछि केही सुधार भएको बताउँदै प्रदेश प्रमुखले यस प्रतिवेदनमा पनि गहन छलफल हुने र सुझावहरू कार्यान्वयनका लागि आवश्यक पहल गरिने बताए ।
प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगमा अध्यक्ष पौडेलसहित सदस्य विपिन निरौला, बरिष्ठ तथ्यांक अधिकृत दिनेश भट्टराई, उपसचिव लेबन काश्यप अधिकारी र लेखा अधिकृत विपुल भुसाल सहभागी थिए। प्रदेश प्रमुख कार्यालयको तर्फबाट कार्यालय सचिव नवराज ढुंगाना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली , कार्यालयका तथा सचिवालयका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
त्बनक स् पेश प्रतिवेदन राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग सुदूरपश्चिम प्रदेश
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend