Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानिय तह उपनिर्वाचन- कीर्तिपुरमा मतदान केन्द्र तोकियो


    मंगलबार, मंसिर ११ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको २० मतदान स्थल तोकिएको छ । कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले मतदान स्थल तय गरिएको जानकारी दिए ।

    उपनिर्वाचनका लागि बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको छ ।

    त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, नजज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर मतदान केन्द्र तोकिएको छ ।

    नगर प्रमुखका लागि कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना उम्मेदवार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार