Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानका मेयर हर्क सम्पाङ कीर्तिपुर आएर स्वतन्त्र उम्मेदवार राजमानलाई भोट माग्दै


    सोमबार, मंसिर १० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । मंसिर १६ गते हुने स्थानिय तह उप निर्वाचनका लागि कीर्तिपुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार राजमान मानवलाई भोट मागेर सहयोग गर्न उनी कीर्तिपुर पुगेका हुन् ।

    मानव पनि आफूजस्तै भुइँ मान्छे भएकाले चुनावी अभियानमा सहयोग गर्न काठमाडौं आएको उनले बताए । साम्पाङले भने, ‘देशमा गफ गर्ने मान्छे धेरै छन्, काम गर्ने मान्छेको खाँचो भएकाले कीर्तिपुरवासीले सफाइ अभियन्तालाई साथ दिनु हुन्छ भन्ने अपेक्षा छ ।’

    देशमा ७५३ स्थानीय तह भएपनि काठमाडौं, धनगढी र धरानको मात्र चर्चा हुने गरेको उल्लेख गर्दै साम्पाङले भने, ‘कीर्तिपुरलाई पनि त्यस्तै चर्चाको केन्द्रमा राख्न तपाईंहरुले काममा विश्वास गर्ने राजमान मानवलाई जिताउनु पर्छ ।

    स्वतन्त्र उम्मेदवार मानवले साम्पाङको उपस्थितिले आफ्नो चुनावी अभियानलाई धेरै फाइदा गर्ने बताए । साम्पाङ उनको चुनावी अभियानमा सहयोग गर्न आइतबार काठमाडौं आएका थिए । उनी मंगलबार फर्किँदैछन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार