Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विभागले भन्यो-राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ


    सोमबार, मंसिर १० २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राहदानी विभागले राहदानी सम्बन्धी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने बताएको छ । विभागले एक सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै एक–दुई साता लाग्ने अनुमान गरिएको जानकारी दिएको हो ।

    राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ ।

    राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको छ । विभागका अनुसार एक–दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ ।

    भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार