काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालय बढुवा सिफारिस समितिको आइतबार राति बसेको बैठकले रिक्त आठ दरबन्दीमा बढुवा सिफारिस गरेको बढुवा समिति सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बताए ।
बढुवा हुनेमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ब्याचमेटबाट तीन जना एसएसपी छन्। उनीहरू २०५१ सालमा भर्ना भएका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द छन्। यसपटक बढुवा नभएको खण्डमा उनीहरू एसएसपीबाटै अवकाशमा जान्थे।
यस्तै, २०५३ सालको भर्ना टोलीबाट सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन् ।
यो टोलीबाट भावी प्रहरी महानिरीक्षकमा एक जना पुग्ने सम्भावना छ। २०५४ सालको टोलीका तीन जना एसएसपीको चर्को दबाबबीच यो बढुवा निस्केको हो ।
२०५४ सालको टोलीका एसएसपी ईश्वर कार्की प्रधानमन्त्री केपी ओलीनिकट, राजेन्द्रप्रसाद भट्ट गृहमन्त्रीनिकट र दिनेश आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवरनिकटहरूले आफ्नो बढुवाका लागि चर्को दबाब दिएका थिए।
उनीहरू तीन जनालाई समावेश गर्नकै लागि संगठन व्यवस्थापन (ओएन्डएम) गरी गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयमा ओएन्डएम अनिर्णीत रहेको स्रोतले बतायो ।

काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend